टोटनहममाथि म्यानचेस्टरको रोमाञ्चक जित

हिमालय टाइम्स
Read Time = 1 min

लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपरमाथि ४-२ को जित हात पारेको छ । ४४औं मिनेटमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटनहमलाई अग्रता दिलाउनुभयो । लगत्तै इन्ज्युरी समयमा एक्सन रोयलले रिबाउण्डमा आएको बललाई गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाउनुभयो । ५१औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्नुभयो । लगत्तै एर्लिङ हालान्डले हेडरमार्फत बराबरी गोल फर्काउनुभयो ।

रियाद माहरेजले ६३औं मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाउनुभयो भने खेलको अन्तिम मिनेटमा माहरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित पक्का गर्नुभयो । यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग पाँच अंकको दूरी कायम गरेको छ । आर्सनलको १८ खेलमा ४७ अंक तथा सिटीको १९ खेलमा ४२ अंक छ । टोटेनहम २० खेलमा ३३ अंकसहित पाँचौं स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?