रोमाञ्चक खेलमा पीएसजीको जित

Read Time = 3 mins

रियाद । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो लामो समयपछि आमने सामने भएको खेलमा रियाद सिजन टोलीलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पराजित गरेको छ । रोनाल्डोले रियाद र मेस्सीले पीएसजीबाट खेल्नुभएको थियो । खेल पीएसजीले ५-४ ले आफ्नो पक्षमा पार्‍यो ।

पीएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र हृयुगो एकिटिकेले एक-एक गोल गर्नुभयो । रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एण्डरसन तालिस्का र जाङ हृयुन सुले एक-एक गोल गर्नुभयो । खेलको तेस्रो मिनेटमै लिओनेल मेस्सीले पीएसजीलाई अग्रता दिलाउनुभयो । लगत्तै रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल फर्काउनुभयो ।

दोस्रो हाफको सुरुवातमै पीएसजीले सर्जियो रामोसको गोलमा फेरि अग्रता लियो । त्यसको दुई मिनेटमै जाङ हृयुन सुले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । बराबरी धेरै समय टिकेन । त्यसको अर्को दुई मिनेटमा पीएसजीका लागि एमबाप्पेले पेनाल्टीमार्फत खेलमा अग्रता बनाउनुभयो ।

फरवार्ड हृयुगो एकिटिकेले पीएसजीको लागि अर्को गोल थप्नुभयो । इन्ज्युरी समयमा रियादले एक गोल फर्काउनुभएपछि खेल पीएसजीले ५-४ ले जित्यो । मैत्रीपूर्ण खेलमा दुई गोल गर्नुभएका रोनाल्डो म्यान अफ द म्याच चुनिनुभयो ।

रियलको जित
यता रियल म्याड्रिडले कोपा डेल रे भिल्लारियललाई ३-२ले हराएको छ । खेलको चौथो मिनेटमै इटिनी कापोयुले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाउनुभएको थियो । चुकोएजेले ४१औं मिनेटमा अर्को गोल थप्नुभयो । ५७औं मिनेटमा भिनिसियस जुनियर र ६९औं मिनेटमा रियलका लािग इडर मिलिटोले बराबरी गोल फर्काउनुभयो तर ८३औं मिनेटमा केबालोसको रियलका लागि निर्णायक गोल गर्नुभएको थियो ।

अर्को खेलमा बार्सिलोनाले तेस्रो श्रेणीको केउटालाई ५-०ले हरायो । बार्सिलोनाका लागि रोबार्टो लेवान्डोस्कीले २ तथा राफिना, आन्सु फाती र फ्रान्क केस्सीले एक-एक गोल गर्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?