आन्दोलनरत चिकित्सकले भनेः आयोगका पदाधिकारी ध्रुवे हात्ती जस्त भए

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध चिकित्सकहरुले आज पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

मंगलवार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरुले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा डा. छवि पन्थीले एमडी÷एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन जनसकेको बताउनु भयो । उहाँले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । उहाँले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरु कानूनी राज भन्दा माथि हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत पुस महिनाको २ गते चिकित्सा शिक्षा आयोगले एमडी/एमएसको प्रवेश परीक्षा लिएको थियो । यसको सन्दर्भमा करिव एक हप्तामा नतिजा निकाल्यो, त्यसको वैज्ञानिक व्यवस्थापन गर्ने बेलामा त्रुटीपूर्ण तरिकाले व्यवस्थापन गरेको छ । योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले हामीले अदालतमा मुद्ददा हालेका छौँ । चिकित्सा शिक्षा आयोग र आयोगको नेतृत्व गरिरहेका पदाधिकारीहरुले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला अनुरुप योग्यताक्रम नमिचिने गरी अद्धिको जुन आदेश थियो, त्यसको बिरुद्धमा उहाँहरु गएको कारणले गर्दा हामीले अवहेलनाको मुद्दा दर्ता गरेका छौँ । आयोगमा नेतृत्व गरेका पदाधिकारीहरु कानूनी राज भन्दा माथि ध्रुवे हात्ती, उन्मत्त हात्ती बनाएर बसेका छन्,उनीहरुले विद्यार्थीहरुको मर्का बुझेका छैनन् ।’

त्यस्तै प्रदर्शनकारी चन्दनकुमार गोइतले -यांकअनुसार विद्यार्थीहरुले भर्ना पाउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी दुई महिनादेखि आन्दोलनरत छौँ । हाम्रो माग योग्यताक्रम मिचिनु नहुने हो । ¥यांकअनुसार विद्यार्थीहरुले भर्ना पाउनुपर्छ, अहिले गोलाप्रथा जस्तो भयो । विद्यार्थीहरुमाथि आयोगले बारम्बार आक्रमण गरिरहेको छ ।’

त्यस्तै आन्दोलनरत चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताउनु भयो । उहाँले प्रक्रियाअनुसार पढ्न मन रहेपनि नपाएको गुनासो गर्नुभयो । उहाँले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग दुई दिनमै सम्बोधन भएपनि विद्यार्थीहरुका माग सम्बोधन गर्न कुनै निकाय नआएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले परीक्षा दिएको ५ महिना भयो, हामीलाई प्रक्रियाअनुसार पढ्न मन छ, महावीर पुनको दुई दिनमा पूरा भयो तर हाम्रो माग कसैले सुनेन । चिकित्सा शिक्षा आयोगले हाम्रो केस लम्ब्याउँदै गरेको छ ।’

उनीहरुले विद्यार्थीको भविष्यसँग खेल्न पाइँदैन, मेरा साना दुःखले आज्र्या -यांक होइन, सबै प्रमाण छन् खिचेको, योग्यताक्रम मिचेको, योग्यताक्रम लागू गर्, देशको स्वास्थ्य नबिगारी देउ, चोक चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ, न्याय माग्न कुन गोरखा जानु ? न्यायपालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो ? नखाउँ भने वर्षभरको शिकार, खाउँ भने छुट्ने भयो अधिकार लगायतका प्लेकार्ड बोकी बिरोध प्रदर्शन गरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?