प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन शुरू

Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

शनिवारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रश्तावक, समर्थक र सांसदहरुले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो ।

उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर हुनुहुन्छ भने नेपाली काँग्रेसबाट मुक्ताकुमारी यादव रहनुभएको छ ।

रानामगरको प्रश्तावकमा सोविता गौतम र समर्थकमा कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङदेन हुनुहुन्छ ।

त्यस्तै यादवको प्रश्तावकमा बद्रीप्रसाद पाण्डे र समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?