सुन्तला खेतीमा कृषकको आकर्षण, उचित मूूल्य नहुुँदा भने चिन्तित

बजारमा बिक्रीका लागि सुुन्तला लैजाने तयारी गर्दै मुुझुुंगाका कृषक ।

Read Time = 7 mins

पाल्पा । पाल्पाका धेरैजसो गाउँहरूमा अहिले व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । कृषकहरूले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । परम्परागतरूपमा लगाइने बर्खेबालीअन्तर्गतको मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन राम्रो हुन नसक्दा कृषकहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । परम्परागत खाद्यान्न बालीले जीवन निर्वाह गर्नसमेत मुस्किल परेपछि कृषक व्यावसायिकतातर्फ लागेका छन् । उनीहरूले परम्परागतरूपमा लगाइने पुरानो खाद्यबाली नलगाई व्यावसायिकरूपमा सुन्तला जातको फलफूल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधारसमेत आएको छ । दुई दशकअगाडिसम्म यहाँका कृषकले घरायसी प्रयोजनका लागि मात्र सुन्तला खेती गर्दै आएका थिए । तर, अहिले भने उनीहरू व्यावसायिकरूपमा लागेका छन् । हावा, पानी, भौगोलिक भूूबनोटले यहाँका छहरा, मुझुुङ, कुसुमखोला, देउराली, खस्यौली, भैरस्थान, बौघागुम्बा, नायर नन्तलेस, पूूर्वखोलालगायतका कृषकहरू व्यावसायिकरूपमा सुुन्तला खेतीमा लागेका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारले व्यावसायिक सुुन्तला कृषकहरूका लागि आवश्यक प्राविधिक र आर्थिक सहयोग गर्न थालेपछि कृषकहरूले अन्य खेती छाडेर व्यावसायिक सुुन्तला खेती गर्नतर्फ लागेका हुन् । जिल्ला कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला खेतीलाई आधुनिक प्रणालीबाट खेती गर्नका लागि ब्लक कार्यक्रमसँगै आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिँदै आएका छन् । ‘पहिले–पहिले घरमा खानका लागि मात्र सुुन्तलाका बोट लगाउने गथ्र्यौँ, अहिले भने बिक्री गर्ने गरी सुन्तला प्रत्येक घरमा लगाएका छौँ,’ छहरा अवलावासका अगुवा कृषक नित्यनन्द पोखरेलले भन्नुुभयो । पोखरेलले यस वर्ष सात लाखको सुन्तला बिक्री गरिसक्नुुभएको छ । उहाँले १९ रोपनी क्षेत्रफलमा सुुन्तलाको बगैंचा नै बनाउनुभएको छ । अर्का कृषक सञ्जीव बस्नेत पनि विदेशबाट फर्किएर अहिले व्यावसायिक सुुन्तला खेतीमा लाग्नुुभएको छ । उहाँले व्यावसायिक कुखुरा पालनसमेत गर्नुभएको छ । कुुखुरा पालनका लागि ल्याएको ऋणसमेत उहाँले सुन्तला बिक्रीबाटै तिर्न सफल हुुनुुभएको छ । ‘घरमा पहिले दुई बोटमात्र थिए । सबैले लगाउने भएपछि जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्र बनाउने भयो । त्यसपछिका दिनमा तीन सय बोट लगाएर सुन्तला बिक्री गर्दै आएकी छु,’ कृषक गंगा रायमाझी भन्नुुहुुन्छ । सुन्तलाबाट अहिले राम्रै आम्दानी हुुँदै आएको उहाँले बताउनुुभयो । रायमाझीले वार्षिक ५ देखि ६ लाख आम्दानी गर्दै आउनुुभएको छ । कृषि ज्ञान केन्द्रले बगैंचा क्षेत्र विस्तार कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले यान्त्रीकरण, शीतभण्डार निर्माणजस्ता क्षेत्रमा सहयोग गरेका कारण महिलाहरूको सुन्तला खेतीमा आकर्षणमात्र होइन, समूह नै बनाएर व्यावसायिक खेतीमा लागेको अगुवा कृषक गीता भट्टराईले बताउनुुभयो । पूूर्वखोलाकी पार्वती न्यौपानेले पनि यस वर्ष सुन्तला बिक्रीबाट चार लाख आम्दानी गर्न सफल हुुनुुभएको छ । कृषि ज्ञानकेन्द्रकी कामना अधिकारी कृषकलाई व्यावसायिकरूपमा लाग्ने प्रेरणा दिने गरी सुन्तला जात फलपूmल पकेट क्षेत्र कार्यक्रममार्फत् काम गर्दैै आएको बताउनुुहुन्छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख दिपक भट्टराईले प्राविधिकसँगै यान्त्रीकरणमा कृषकहरूलाई सहयोग गर्ने गरेका कारण कृषकहरू अहिले व्यावसायिक बनेको बताउनुुभयो । अहिले मुुझुुंगाका गाउँबाट मात्र वार्षिकरूपमा ७० लाखदेखि एक करोडसम्म सुुन्तला बिक्री हुुँदै आएको छ ।

सुन्तला उत्पादन बढेकामा खुसी भएका यहाँका कृषक उचित मूल्य नहुँदा भने चिन्तित छन् । ‘वर्षभरि गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो तर दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा चिन्तामा छौँ’, कृषक सञ्जीव बस्नेतले भन्नुुभयो । व्यावसायिक सुुन्तला खेती गर्दै उहाँले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्यको अभावले किसानलाई चिन्तित बनाएको बताउनुुभयो । उत्पादित वस्तुमा कृषकले भन्दा बिचौलियाले बढी मुनाफा कमाएकोमा सुन्तला खेतीतर्फ उत्साहित कृषक पछिल्लो समयमा निराश भएका छन् । कृषकका घरबारी बगैंचामा पुगेका व्यापारीले प्रतिकेजी ४० देखि ५० रुपैयाँमा खरिद गर्दा कृषकको लागत मूूल्यसम्म उठाउन नसकेको कृषक बस्नेत बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?