तोकिएभन्दा बढी भाडा असुल गर्ने दर्जन बढी सवारीसाधन कारवाहीमा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । बाजुराका विभिन्न स्थानीय सडक खण्डमा सञ्चालन हुने सवारी साधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै १७ भन्दा बढी जिप चालकहरु कार्बाहीमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराको पुस २० गते बसेको बैठकले जिल्लाका ग्रामीण सडकमा चल्ने सवारी साधानहरुको भाडादर कायम गरेको छ । सो निणर्यको कार्यन्वयनका लागी प्रहरीले. विभिन्न ठाउँमा तोकिदिएको भन्दा दोब्बर भाडा असुलेको पाइएपछि कार्वाही प्रक्रिया थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला ट्राफिक प्रहरीले जिल्लाका ग्रामीण सडकमा तोकिएको भाडादर कार्यान्वयन नगर्ने जीप व्यवसायीलाई कारबाही प्रभावकारी रहेको स्थानियले बताएका छन् । मनोमानी तरिकाले भाडा उठाउने गरेको नागरिकको व्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालय बाजुराको पुस २० गतेको बैठकले नयाँ भाडादर कायम गरेको थियो ।

सबै स्थानीय सडक खण्डको भाडादर कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानि भाडा असुल्ने सवारी साधन माथि कडा निगरानी राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । तोकिए भन्दा बढी भाडा लिने गरेका जीप व्यवसायीलाई स्पष्टीकरण सहित बढी लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताउनुभएको छ ।

यात्रुको चापको फाइदा उठाएर तोकिए भन्दा बढी भाडा उठाएपछि ठाउँ–ठाउँमा भएका ईलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच गर्दा तोकिए भन्दा बढी भाडा लिएकालाई फिर्ता गराउनुका साथै पहिलो पटक त्यस्तो गरेकोमा सम्झाइ बुझाइ पठाउने र दोस्रो पटक फेला परेमा आवस्यक कार्बाही गरिन थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको हो ।

भाडादर पूर्ण रुपमा कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीहरूबाट विभिन्न स्थानहरूमा कडाइका साथ चेकजाँच भइरहेको छ । जिल्ला प्रहरी कार्यालयले प्रत्येक ईलाका प्रहरी कार्यालयलाई सवारी चेकजाँच गरि पूर्ण रुपमा भाडा कार्यान्वयन गराउन निर्देशन दिएपछि हाल भाडादर कायम हुन थालेको छ ।

दुई दर्जन बढी जीप ब्यवसायीलाई कारवाही

पुस २० गते बसेको बैठलले नयाँ भाडादर कार्यान्व गरेपछी पनि जिल्लामा दुई दर्जन जीप ब्यवसायीलाई कार्वाही गरिएको छ ।
व्यक्तिगत प्रयोजनका लागि दर्ता गरी (रातो नम्बर प्लेट) सार्वजनिक सवारी साधनको रुपमा यात्रुहरु बोकी हुम्ला– बाजुरा चलेका निम्न सवारी साधनहरुलाई सार्वजनिक सवारी साधनको रुपमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी सञ्चालन गर्ने गरी कागज गराई ट्राफिक जरिवाना समेत गरी छोडिएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?