गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाइयो

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सत्तारुढ गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार सात मन्त्रालय राख्ने निर्णय गरिएको हो ।

केन्द्रको निर्देशन र दलहरूबीच छलफल गरेर २०७४ हालकै मन्त्रालय संख्या कायम गर्न लागिएको बताइएको छ । अहिले गण्डकीमा १२ मन्त्रालय छन् ।

२०७८ सालमा सरकार तलमाथि भएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सात मन्त्रालय फुटाएर ११ पुर्याउनुभएको थियो । पछि कांग्रेस नेतृत्वमा सरकार बनेपछि मन्त्रालय थपिएर १२ पुगेको थियो ।

नयाँ सरकार आएपछि सबैभन्दा बढी प्राथमिकताका साथ मन्त्रालय घटाउने पहल थालेको हो । मन्त्रालयको संख्या सात राख्ने सहमति भए पनि नाम भने टुंगो लगाइएको छैन् ।

नाम सोमबार (आज) बस्ने मन्त्रीपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?