‘चलचित्र छायांकनका लागि रोल्पामा थुप्रै सम्भावना’

Read Time = 4 mins

रोल्पा । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकन गर्न रोजाइमा पार्न सकिने बुभाई छ ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले परिवर्तन गाउँपालिका-२ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत् चलचित्र बहस’मा चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायांकनमा उपयुक्त ठाउँ भएको बताउनुभयो । ‘रोल्पामा निकै सुन्दर छ,’ उहाँले भन्नुभयो, ‘चलचित्र छायांकन गर्न दूरीका हिसाबले टाढा भए पनि होला, चलचित्रकर्मीको नजरमा नपरेको ।’ सरकारले चलचित्र छायांकनका लागि केही लगानी गर्न सकेपछि निर्माता निर्देशक पनि रोल्पामा लगानी गर्न तयारी रहेको उहाँ बताउँनु हुन्छ ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्वअध्यक्ष शान्तिप्रियले चलचित्रका निर्माता निर्देशकले चलचित्रको कथावस्तु अनुसार छायांकनस्थल छनौट गर्न नसकेको बताउनुभयो । ‘चलचित्रको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेका छैन्’, उहाँले भन्नुभयो, ‘रोल्पा अब चलचित्रकर्मीको नजरमा पर्नुपर्छ, चलचित्रकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’ नायक रमित ढुंगानाले रोल्पा चलचित्र छायांकनको उपयुक्त गन्तव्य बन्न सक्ने बताउनुभयो । ढुंगानाले कथावस्तु अनुसार छायांकनस्थल कतै पर्न नसकेको सुनाउनुभयो ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले रोल्पा चलचित्रको पर्दामा समेटिन नसक्नुमा समन्वयको अभाव खट्किएको बताउनुभयो । उहाँले अब चलचित्र छायांकनस्थलको रूपमा रोल्पालाई गराउन सकेपछि स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

बहस कार्यक्रममा रोल्पामा चलचित्र निर्माणको अवस्था, सम्भावना र चुनौती कार्यक्रमको विषय उद्देश्यका बारेमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुजराज न्यौपानेले प्रकाश पार्नुभएको थियोे । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजना, गाउँपालिका वडा–२ को सहआयोजना तथा पालिकाको सहयोग रहेको छ । संघका जिल्ला अध्यक्ष शिव पुनको अध्यक्ष तथा गाउँपालिका अध्यक्ष बुढामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

वडा-२ का वडाध्यक्ष हरिप्रसाद बुढामगरको स्वागत मन्तव्य गर्न भएको थियो भने स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?