पश्चिम नेपालमा भूकम्पकाे धक्का

Read Time = 1 min

काठमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशमा भूकम्पकाे धक्का महसुस गरिएको छ ।

सुदूरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं लगायतका स्थानमा समेत महसुस गरिएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको बढी धक्का महसुस गरिएको छ ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो ।

मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् । भूकम्पको धक्काले केही घरमा समेत क्षति पुगेको छ ।  बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ  ।

थप विवरण आउन बाँकी छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?