बाजुरामा भूकम्प : ढुंगाले लागेर एक महिलाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी। बाजुरामा भूकम्पका कारण एक महिलाको मृत्यु भएको छ ।

जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–२ जुरेलीकी करिब ३५ वर्षीकी जमुना रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरु भत्किएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?