अनलाइनलाई नियमित अभिमुखीकरण गरौँ : सञ्चारमन्त्री शर्मा

Read Time = 3 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालक / सम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ ।

आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ । मन्त्री शर्माले सञ्चार मन्त्रालयले आमसञ्चारसँग जोडिएका विषयसँग सम्बन्धित रहेर काम गर्ने बताउनुभयो ।

आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित थप जिम्मेवार बनाउन काउन्सिल सक्रियतापूर्वक लाग्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री शर्माले काउन्सिल सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताउनुभयो । उहाँले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानुन प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । उहाँले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिलले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराउँदै काउन्सिललगायत आम सञ्चार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गर्नुभयो ।

काउन्सिलका सदस्य सचिव शङ्कर नेपालले प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली शीघ्र मन्त्रालयमा पठाउने तयारी भएको हुँदा स्वीकृतिको लागि सहयोग गर्न आग्रह गर्नुभयो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलका विषयमा संक्षिप्त जानकारीसहित समस्या र चुनौतीबारे जानकारी गराउनुभयो ।

रासस

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ninam Lowatti
Ninam Lowatti
2023-01-24 9:43 pm

माननीय मन्त्री ज्यु, अनलाइन न्युज पोर्टलहरुलाई अभिमुखीकरण तालिम मात्रै होइन, समाचार, फिचर, लेख, आलेख आदि पठाउने, छाप्नेअपलोड गर्ने क्रममा समाचार, छाप्ने प्रकाशित गर्र्नेअपलोड गर्ने अनलाइनहरुले आप्mनो अनलाइनमा लेख लेख्ने फिचर लेख्ने, समाचारदाता आदिको फोटा पनि उनीहरुले पठाएको लेख, फिचर, समाचार, आलेखसँगै अनिवार्य रुपमा छाप्नैपर्ने व्यवस्था पनि गर्नुपर्ने देखिन्छ । किनभने, धेरै अनलाइनहरुले आपूmभन्दा फरक धारणा राख्ने व्यक्ति, संघ, संस्था वा विचारका…हरुलाई खुईल्याउनका लागि आपूmले मात्रै लेखेर, गाली गरेर नपुगेर, आपूmले भनेको मान्ने मान्छेहरु लगाएर पनि लेख, फिचर, समाचार आदि लेखाउने गर्छन् । जस्तै केही त्यस्ता अनलाइनहरुको नाम लिएरै भन्नु पर्दा तुवाचुङ अनलाइन, थुम्से न्युज, नेपालवाइड आदिलाई लिन सकिन्छ । जुन अनलाइनहरुले ”कुलुङ” समुदाय र ”कुलुङ”, समुदायका अगुवाहरुका विरुद्य एक जना ‘कुलुङ’ (भूपध्वोज थोमरोस) लाई अगाडि सारेर अनेक नक्कली नाममा अन्टसन्ट लेखाई रहेका छन् । जसको ठूलो प्रमाण भनेको उन (भूपध्वज) ले लेखेको जुनसुकै लेखमा कहिल्यै पनि उनको फोटा कहिल्यै छापिँदैनन् ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?