एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले आफ्ना मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । लगातारको खराब प्रदर्शनसँगै क्लबले लाम्पार्डलाई बर्खास्त गरेको हो ।

शनिबार राती वेस्ट हृयाम युनाइटेडसँग दुई-शून्यले पराजित भएसँगै क्लबले लाम्पार्डलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । ३१ जनवरी २०२२ मा क्लबको मुख्य प्रशिक्षक नियुक्त हुनुभएका लाम्पार्ड एक वर्षमै बर्खास्तमा पर्नुभएको हो ।

यो सिजनमा कमजोर प्रदर्शन गरिरहेको एभर्टन २० खेलमा तीन जित, ६ बराबरी र ११ हारको नतिजासहित १५ अंक जोडेर रेलिगेसन जोनको १९औँ स्थानमा छ । लाम्पार्डको प्रशिक्षणमा एभर्टनले ४४ खेल खेल्दा १२ जित, आठ बराबरी र २४ हारको नतिजा निकालेको छ ।

‘फ्रान्क र उहाँको टोलीको प्रतिबद्धता र समर्पण क्लबमा उहाँहरूको समयभरि उदाहरणीय रहेको छ तर हालको नतिजा र हालको लिग स्थितिको अर्थ यो कठिन निर्णय लिनुपरेको थियो,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?