संविधान रक्षाका लागि प्रधानमन्त्रीलाई विस्वासको मत दियौँ : प्रवक्ता महत

Read Time = 3 mins

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षाको लागि विस्वासको मत दिएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले प्रधानमन्त्रीले संविधान रक्षाको पक्षमा उभिने प्रतिबद्धता जनाएकोले विस्वासको मत दिएको बताउनु भएको हो । उहाँका अनुसार नेपाली कांग्रेसले प्रचण्डको बाचा अनुसार तत्कालका लागि विश्वासको मत दिइएको हो । विस्वासको मतको विषयमा अहिले नेपाली कांग्रेसमा दुई धार छ ।

संस्थापन इतर पक्षले प्रचण्डलाई विस्वासको मत दिनु गलत भएको बताउँदै आएको छ । उहाँले भन्नुभयो, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको पहिलो बैठकमै संसद विघटनको पक्षमा अभिव्यक्ति दिनुभयो । उहाँ अहिलेपनि संविधानलाई मास्ने अभियानमा हुनुहुन्छ । त्यसैले हामीले संविधान रक्षाको पक्षमा उभिएर मत दिएका हौँ । सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रमुख प्रतिपक्ष दल हो ।’

सम्मेलनमा राष्ट्रपतिको चुनावमा तपाईंको पार्टीले उम्मेदवार उठाउँछ भन्ने प्रश्नमा महतले आगामी दिनमा प्रधानमन्त्रीले चाल्ने कदमका आधारमा आफूहरु अघि बढ्ने बताउनुभयो । यस्तै प्रचण्डको परिक्षण राष्ट्रपति चुनावमा हुने उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले साझा सहमति बनाउने भनेको र संविधानको मूल मर्म र भावना अनुसार अहिलेको राष्ट्रपतिले काम गर्न नसकेकाले संविधान रक्षा, कानुनी शासनको पक्षमा उभिने राष्ट्रपति बन्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको प्रवक्ता डा महतले स्पष्ट पार्नु भएको छ ।

साथै नेपाली कांग्रेसका प्रवक्ता डा महतले राजनितिक दल बाहिरबाट राष्ट्रपति हुने सम्भावना नरहेको समेत बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?