लागुऔषधसहित तीनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बाँके र कपिलवस्तुबाट तीनजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष  सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-८ पुलचोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई  दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय तोरण बहादुर थापा र २४ वर्षीय किसन पौडेल रहेका छन् ।

थापाको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?