रियाल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मड्रिड डर्वीमा एथलेटिकोलाई ३-१ गोलको नतिजामा पराजित गर्दै रियल स्पेनिस कोपा डेल रेको सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार राति सम्पन्न क्वाटरफाइनलमा रियाललाई जित दिलाउन रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे ।

खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

रोड्रिगोले ७९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयसम्म१-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?