राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दुई दिनदेखि बसेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठकले भावी राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दुई दिन बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिनुभएकाे जानकारी अनुसार बैठकमा राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरै नेताले जोड दिनुभएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसको समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न राख्नुभएको थियो ।

उक्त विषयमा अधिकांश पदाधिकारीहरुले राष्ट्रिय सहमतिको प्रयास गर्न सुझाव दिएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?