काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुग्नुभएको छ ।
केहीबेर अघि एमाले अध्यक्ष ओली बालुवाटार पुग्नुभएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुग्नुभएका एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयाे ।
गृहमन्त्रीबाट पदमुक्त हुनु भएका रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुग्नुभएको छ ।
आइतबार अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र बुझेपछि उहाँलाई फेरि गृहमन्त्री बनाउन एमालेले दबाब दिएको भनिएका बेला दुई शीर्षनेताबीच छलफल भएको हो ।
यसबीच रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनु भएको छ । केही बेरअघि बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो । सर्वोच्चले लामिछानेको पुरानो नागरिकतालाई मान्यता नदिएको फैसला गरेपछि उहाँले मन्त्री र पार्टी सभापति पदबाट पनि राजीनामा दिनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको