काठमाडौं । सामसुङले केही समयको अन्तरालपछि फ्ल्यागसिप स्मार्टफोन फेरि नेपाली बजारमा ल्याएको छ । सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङका उत्कृष्ट स्मार्टफोन समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई ठूलो सन्तुष्टि मिलेको छ । एस २२ सिरिज, ए ७३ र फोल्डेबल फोनमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन संसारका केही उत्कृष्ट प्रस्तुति हुन् र हामी नेपाली बजारमा नयाँ इनोभेसनका साथ यी अमेजिङ फोन ल्याउन पाउँदा खुसी छौँ ।’ ग्यालेक्सी एस २२ सिरिज, ग्यालेक्सी ए ७३ फाइभजी, ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ सामसुङको फ्ल्यागसिप लाइनअपका सबै सेग्मेन्ट नेपालमा केही समयका लागि रोकिएका थिए ।
ग्यालेक्सी एस २२ मा १२ मेगापिक्सेल (एमपी) अल्ट्रा–वाइड र १० एमपी टेलिफोटो क्यामेराद्वारा सुसज्जित छ । साथै मुख्य रियर क्यामेराका रूपमा वाइड ५० एमपी क्यामेरा रहेको छ । ग्यालेक्सी एस २२ अल्ट्रामा भने १०८ एमपी वाइड एंगल क्यामेरा रहेको छ । रियरमा उस्तै सपोर्टिङ क्यामेराका साथमा क्वाड क्यामेरा रियर सेटअपका लागि थप १० एमपी टेलिफोटो क्यामेरा दिइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको