अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया काठमाडौंमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुग्नुभएको छ । आइतबार राति उहाँ नेपाल आइपुग्नुभएको हो ।

वासिङ्टन डिसीबाट उपमन्त्री नुल्यान्ड सिधै नेपाल दुईदिने भ्रमणका लागि आउनुभएको हो । उहाँले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्ने बताइएको छ ।

कूटनीतिक स्रोतका अनुसार उपमन्त्री नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ताघटक दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भइसकेको छ भने अन्य भेटवार्ताको अन्तिम टुंगो लागिसकेको छैन ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सरकारले नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?