नेक्सस र लाइसियम सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र लाइसियम प्याराडाइस पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले ग्लेडस्टोनलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो । नेक्ससका निखिलले २ तथा अंकित, दिलन लिम्बू, राज थापा मगर र सक्षम भट्टराईले १-१ गोल गर्नुभयो । एक गोल आत्मघाती भएको थियो ।

लाइसियम प्याराडाइसले नेपाल तारालाई ५-० गोलले सहजै हरायो । लाइसियमका सक्सेस सेढाईंले हृयाट्रिक गर्नुभयो भने सुजल खत्री र केशव कोइरालाले १-१ गोल थप्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?