बराबरीमा रोकियो रियल म्याड्रिड

Read Time = 3 mins

म्याड्रिड । शीर्षस्थानमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको छ । सान्टियागो बर्नबेउमा भएको खेलमा घरेलु टोली रियलले पाहुना टोलीलाई लगातार दबाबमा राखे पनि गोल गर्न भने सकेन । रियलका कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, फेडे भाल्भेर्डे, लुका मोड्रिच र टोनी क्रुसलगायतको प्रहारलाई विपक्षी गोलरक्षकले जोगाउनुभएको थियो । यस बराबरीसँगै रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग पाँच अंकले पछि परेको छ । रियलको १८ खेलबाट ४२ अंक पुगेको छ । शीर्षस्थानको बार्सिलोनाको ४७ अंक छ । रियल सोसिडाड १९ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ ।

यता, फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि बराबरीमा रोकिएको छ । पिएसजी रेइम्ससँग एक-एक गोलको बराबरीमा रोकिएको हो । पिएसजीका लागि नेयमारले गोल गर्दा रेइम्सका फोलारिन बालोगनले बराबरी गोल फर्काउनुभयो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दुवै गोल दोस्रो हाफमा भएका थिए । ५१औँ मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई एक-शून्यको अग्रता दिलाउनुभयो । पिएसजी ५९औँ मिनेटमा १० खेलाडीमा सीमित भयो । मार्काे भेराट्टी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुभएको थियो । त्यसपछि इन्जुरी समयको थप गरिएको छैटौँ मिनेटमा फोलारिन बालोगनले गोल गर्दै रेइम्सलाई हारबाट जोगाउनुभयो ।

यस बराबरीसँगै शीर्षस्थानमा यथावत् रहेको पिएसजीको २० खेलबाट ४८ अंक छ । पिएसजी दोस्रो स्थानको लेन्सभन्दा ३ अंकले अघि छ । रेइम्स २६ अंक जोडेर ११औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?