महिला टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतसँग हुने मैत्रीपूर्ण महिला फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । महिला टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले सोमबार ४३ जनाको प्रारम्भिक छनोट गर्नुभएको हो । एन्फाले मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ तारिखको बीचमा भारतमा हुने जनाएको छ ।

एन्फाले आइतबार मात्र थापालाई मुख्य प्रशिक्षमा नियुक्त गरेको थियो । महिला टोलीको प्रशिक्षण मंगलबारदेखि सुरु हुने बताइएको छ ।
एन्फाले नेपाली टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको थियो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा सावित्रा भण्डारी, अञ्जिला तुम्बापो सुब्बा, अनिता बस्नेत, सरु लिम्बू, अमिषा कार्की, अमृता जैसी, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दीपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, गिहिमकुमारी गुरुङ, गीता राना, हिमा चौधरी, हीराकुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जलीकुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मिकुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटी, सविता रानामगर, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सिर्जना चेम्जोङ, सिर्जनासिंह ठकुरी, सुनीता चौधरी र उषानाथ हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?