माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै माओवादी केन्द्रले स्थायी कमिटी बैठक बिहीबार बस्ने गरी सारेको हो ।

आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।

नागरिकता प्रकरणका कारण गृहमन्त्री पदबाट हटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धन संकटमा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?