काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३-१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर-मेरीले एक/एक गोल गरे ।
मोन्टपेलियरविरुद्ध सहज जित निकालेको खेलमा केलियन एमबाप्पे दुई पटक पेनाल्टीमा गोल गर्न चुके ।
खेलको दशौँ मिनेटमा एमबाप्पेको पहिलो प्रहार मोन्टपेलियरका गोलकिपरले बचाए । तर, रेफ्रीले एमबाप्पेलाई पुनः पेनाल्टी हान्ने अवसर दियो ।
दोस्रो पटक एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा आएको बललाई एमबाप्पेले फेरि बाहिर प्रहार गरे।
यस्तै चोट बोक्दै एमबाप्पे खेलको २१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए । जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच