‘मिष्टर ग्लोवल’मा भाग लिन थाइल्याण्ड उडे नूतन

Read Time = 2 mins

काठमाडौँ । ‘मिष्टर नेपाल वर्ल्ड’ विजेता नूतन श्रेष्ठ थाइल्याण्ड उडेका छन् । थाइल्याण्डमा आयोजना हुने ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्याण्ड उडेका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्न आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलालगायत पुगेका थिए ।

‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताए । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाएको हो । यो बर्ष ‘मिष्टर वर्ल्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिष्टर ग्लोवल’ मा पठाइएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

फब्रुअरी २ (आज)देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगीतामा उनी नेपाली कलासंस्कृतिसहित सहभागी हुनेछन् । करिब ६० बढी देशका पुरुषहरुको सहभागीता रहने ‘मिष्टर ग्लोवल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगीता मानिन्छ ।

श्रेष्ठ ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ का विजेता पनि हुन् । ‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ बर्षका श्रेष्ठले ३५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए । ‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?