नेपालगन्जबाट लुकाईछिपाई कुहिएको मासु डोल्पा निर्यात

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । नेपालगञ्जबाट कुहिएको मासु लुकाईछिपाई डोल्पामा निर्यात हुने गरेको पाइएको छ । नेपालगञ्ज विमानस्थलबाट ढुवानी गरेर कुहिएको मासु निर्यात हुने गरेको पाइएको हो । नेपालगञ्जबाट जहाजमा डोल्पा पु-याएको तीन सय ९२ केजी मासु कुहिएको अवस्थामा भेटिएको हो ।

नेपालगन्जका व्यवसायी तथा व्यक्तिहरुले डोल्पाका जुफाल, दुनै र त्रिपुराकोटका लागि नेपालगञ्जबाट जहाजमा पाँच सय ७७ केजी मासु डोल्पा पु¥याएका डोल्पाका डिएसपी निरञ्जन थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘विमानस्थलमा आएको मासु गन्हाउन (दुर्गन्ध) थालेपछि चेकजाँच गरेका थियौं । चेकजाँचमा क्रममा तीन सय ९२ केजी मासु खान नमिल्ने गरी कुहिएको अवस्थामा भेटियो ।’ उक्त मासु बरामद गरेर नष्ट गरिएका छ । ’

डिएसपी थापाका अनुसार खसीको ३४, बोइलर कुखुराको मासु दुई १८ र माछा एक सय ४० केजी कुहिएको अवस्थामा भेटिएको हो ।
गाडीमा कुहिएको मासु भित्रिने सम्भावना भएपछि डोल्पा प्रहरीले गाडीबाट मासु ओसारपसार पूर्णरुपमा बन्द गरेको छ । ‘स्वच्छ मासु ढुवानी होला भनेर गाडीबाट पूर्णरुपमा रोकेर जहाजबाट मात्र ढुवानी गर्न पाइने व्यवस्था गरेका थियौं,’ उहाँले भन्नुभयो, ‘तर जहाजबाट पनि कुहिएको मासु भित्रिएको भेटियो ।’ डोल्पा प्रहरीका अनुसार नेपालगञ्जको रिदम प्रेस हाउस, इन्द्र खत्री र गणेश रेग्मीले नेपालगञ्जबाट डोल्पाका लागि मासु पठाउने गरेका छन् ।

रिदम प्रेस हाउसका सञ्चालक पूर्णबहादुर कठायतले भने कुहिएको मासु आफ्नो नभएको दाबी गर्नु भएको छ । ‘मैले डोल्पा मासु त पठाउँछु । तर, कुहिएको भनिएको मासु भने मेरो होइन । अर्कै व्यापारीले मासु पठाएका थिए । उनैको हो कुहिएको मासु ।’

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?