तत्काल सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता समीकरण फरेबदल नहुने बताउनुभएको छ ।

बिहीवार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राजनीतिक समीकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन ।’

उहाँले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पार्नुभयो । आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रवारका लागि सरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?