भारतीय राजदुत नविन श्रीवास्तव जनकपुरमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैं प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेपाल-भारत मैंत्री युवा संघ केन्द्रिय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । राजदुत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाईदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्ण रुपमा लागि परेको समेत स्पष्ट पार्नु भयो ।

उहाँले जनकपुर-जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागि परेको बताउनु भयो । राजदुत श्रीवास्तवले नेपाल-भारतबीचको सम्बन्ध जनस्तरमानै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छदैछ । त्यो भन्दा पनि बढि जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकास पनि भारतले जोड दिएको छ । किनकी नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाईदा हुने हो ।’

राजदुत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म सवारी साधन सञ्चालनमा ल्याउने प्रयास पोखरामा स्कुल बस दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय समिति गठन, दोषीमाथि… मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास गर्नेको जग्गा दर्ता सहज बनाउन समिति गठन… म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित, पुनर्निर्माण र पुनःस्थापनालाई प्राथमिकता यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू कात्तिक १३ देखि काठमाडौं फिल्म फेस्टिभल, १० देशका ४० भन्दा बढी चलचित्र… राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन निर्माण अघि बढाउने मन्त्री मेहताको प्रतिबद्धता सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]