जेलेन्स्कीले गरे युक्रेनका संयुक्त बलका कमान्डर मोस्कालोभलाई बर्खास्त

हिमालय टाइम्स
Read Time = 1 min

युक्रेन । युक्रेनी संयुक्त बलका कमान्डर मेजर जनरल एडवार्ड मिखाइलोविच मोस्कालोभ बर्खास्त भएका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मोस्कालोभलाई बर्खास्त गरेका हुन् ।

किभ क्षेत्रीय सैन्य प्रशासनको प्रमुख बनाइएको मोस्कालोभलाई गत वर्ष मार्चमा लेफ्टिनेन्ट जनरल ओलेक्जेन्डर पाभलिकको स्थानमा संयुक्त बलको कमान्डर नियुक्त गरिएको थियो ।

मोस्कालोभलाई बर्खास्त गर्नुको कारण नखुलाइए पनि उनको कार्यशैलीलाई लिएर जेलेन्स्की असन्तुष्ट रहँदै आएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?