राष्ट्रिय टोलीका मिडफिल्डर विशाल अष्ट्रेलियातर्फ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्यहरू विदेशिने सूचीमा मिडफिल्डर विशाल राई पनि थपिनुभएको छ । सुरक्षित भविष्यको खोजीमा राई अष्ट्रेलियातर्फ जानुभएको हो । शहीद स्मारक लिग नजिकिँदै गए पनि झापाको अर्जुनधारा नगरपालिकाका विशाल मछिन्द्र क्लब छाडेर शुक्रबार अष्ट्रेलियातर्फ लाग्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ पूर्वसहकर्मी रजिन धिमाल, पुजन उपकोटी, विशाल श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठलगायतले बिदाइ गर्नुभयो ।

२०७६ र २०७८ को लिग विजेता मछिन्द्र क्लबका महत्वपूर्ण सदस्य विशालले २०७५ को लिग मनाङ मस्र्याङ्दीबाट जित्नुभएको थियो । उहाँले व्यावसायिक करियर मछिन्द्रबाट सन् २००८ मा सुरु गर्नुभएको थियो । सरस्वती र मनाङबाट समेत केही वर्ष विशालले खेल्नु भएको थियो ।

विशालले नेपालको विभिन्न उमेर समूहबाट खेल्दै सन् २०१४ बाट सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको थियो । पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीचको विवादका कारण शीर्ष डिभिजनको लिग समयमा नहुँदा थुप्रै खेलाडी विदेशिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?