प्रधानमन्त्रीलाई ओलीको प्रश्न : तपाईँको हलमा सिनेमा कहिले चल्छ ? हामी हेर्न चाहन्छौं, चलाउनुस् प्रचण्डजी !

प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने खेलमा लागेको आरोप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई फसाउने खेलमा लागेको आरोप लगाउनु भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै अध्यक्ष ओलीले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको समेत बताउनु भयो ।

आज राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले निर्दोषलाई फसाउने कोशिष नगर्न चेतावनी दिँदै भन्नुभयो, ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन ।’

आफूसँग भेटवार्तापछि बाहिर पत्रकारलाई प्रधानमन्त्री प्रचण्डले दिएको प्रतिक्रियामा समेत एमाले अध्यक्ष ओलीले आपक्ति जनाउनु भयो । यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै अध्यक्ष ओलीले अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गर्नुभयो ।

‘प्रचण्डलाई जनतलो चिनेकै छैनजस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभयाे । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दबाब दिएको थिएँ ? मैले दबाब दिएको जस्तो भान पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन, झुक्याउन सिपालु हुनुहुन्छ ।’ ओलीले भन्नुभयो ।

प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने खेलमा लागेको आरोप लगाउँदै ओलीले प्रचण्डलाई जनताले चिनेको समेत बताउनु भयो ।

प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने खेलमा लागेको आरोप लगाउँदै ओलीले प्रचण्डलाई जनताले चिनेको समेत बताउनु भयो । कार्यकर्ताले लगाइदिएको दुबोको माला लगाएर आफूलाई दुलाह जस्तो देखिएर यो त टेलर मात्रै हो, फिल्म आउँदैछ । म प्रचण्डजीलाई सोध्न चाहान्छु तपाइँको हलमा सिनेमा चलाउनुस् प्रचण्डजी, चलाउनुस् फिल्म, देखाउनुस् फिल्म ।’

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?