पाल्पामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार जिल्लाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा पाल्पाबाट बुुटवलतर्फ जाँदै गरेको लु २९ प ३२९७ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत घर भई हाल वालिङ नगरपालिका –८ स्याङ्जामा बस्दै आएका ३७ वर्षीय विनय चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्युु भएको हो । अहिले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ । आजै जिल्लाको तानसेन– दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?