काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उहाँले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरी गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाउनु भयो ।
नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकीर समेत गर्नु भयो । उहाँले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गर्नु भयो ।
नेता रावलले भन्नु भयो, ‘आज मन्त्रीहरु हेरौ त । जसको बैदेशिक रोजगार कम्पनी छ । उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महंगो छ । ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ? हामीले बहुदली व्यवस्था ल्यायौं । गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरुले रगत बगाए । आज हामी त्यही शिलशिलामा द्धारिकादेवी ठकुरानीको सम्झना गरिरहेका छौं । तर आम निर्वाचनको दोस्रो अभ्यास गर्दैगर्दा हामी समाचार माध्याममा पढछौं–फलानो मान्छे त ज्यान मुद्दामा पो लागेको रहेछ । फरार छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने गृह मन्त्रालयले त विज्ञप्ती जारी गरेर मैले भनेको प्रहरीले मानेन भन्छ । अहिले पक्राउ परेर धनगढी गयोभनेर पनि हामी पढछौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच