विष्णु र दीपा स्वरमा ‘यी आँखामा हेर’

Read Time = 1 min

काठमाडौं । विष्णुप्रसाद सुवेदी र दीपा लामाको स्वरमा रहेको गीत ‘यी आँखामा हेर’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द र हरि लम्सालको संगीत रहेको गीत ‘यी आँखामा हेर’को भिडियो सार्वजनिक भएको हो ।

राजीव समरद्वारा निर्देशित गीतको भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री तथा मोडल गरिमा शर्मालाई फिचरिङ गरिएको छ । भिडियोमा पुष्प र गरिमाको जोडी आकर्षक देखिएको छ ।

विशाल कार्की उत्पादन प्रबन्धक, चन्द्र चौधरी मिक्सिङ/मास्टरिङ, बुद्ध थापा सिनेमेटोग्राफर, सुमन केसी संगीत व्यवस्था रहेको गीतको भिडियो राम्रो बनेको छ । गीतको भिडियोलाई अल्विश मोशन पिक्चर्सले प्रस्तुत गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?