भारतसँगको खेलका लागि ३३ खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि दोस्रो चरणमा ३३ खेलाडी छनोट गरेको छ । टोलीमा मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणमा रहेका ४३ खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणका लागि ३३ खेलाडी छनोट गर्नुभएको हो ।

प्रारम्भिक चरणबाट कविता विक, कविता धिमाल, खुस्मा राई, मनिका कुसुवार, सुनिता चौधरी, सिर्जना सिंह ठकुरी, हेमा चौधरी, मेनुका आले मगर, कुसुम खतिवडा, सन्जु कुमाल र अनुष्का शेर्पा बाहिरिनुभएको छ ।

दोस्रो चरणको टोलीमा गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सपना राई रहनुभएको छ । यस्तै, डिफेन्डरमा हिराकुमारी भुजेल, घिमकुमारी गुरुङ, गंगा गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे, अञ्जली वाइबा र सिर्जना चेम्जोङ रहनुभएको छ ।

मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता राना मगर, सरु लिम्बू, सरस्वती हमाल, दिपा शाही, रेनुका नगरकोटे, सरस्वती ऐर, अनिता बस्नेत, दिपा न्यौपाने र अनिता केसी तथा फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्र भण्डारी र प्रीति राई रहनुभएको छ ।

मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा, सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा र व्यवस्थापकमा ब्रिन्दा देवान रहनुभएको छ । नेपालले फागुन १ देखि १३ गतेसम्म भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?