ओलीप्रति विश्वप्रकाशका लगातार तीन ट्वीट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मेन्सन गर्दै लगातार तीन वटा ट्वीट गर्नुभएको छ ।

प्रतिनिधि सभामा एमाले अध्यक्ष ओलीको सम्बोधनलाई लिएर महामन्त्री शर्माले संसद कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त
गर्ने मञ्च नबनाउन आग्रह गदै विचार र विकासको जिम्मेवार बहसको थलो बनाउनु पर्ने धारणा राख्नुभएको छ ।

 

यो अपील सबैभन्दा बढी मेरा जिल्लावासी कमरेड श्रद्देय @kpsharmaoli लाई !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2023

उहाँले प्रथम रास्ट्रपतिको चुनाव जित्दैगर्दा पनि काँग्रेस प्रतिपक्ष भएको बताउँदै बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेकालागि ढोक्सा भएको समेत बताउनु भएको छ ।

`विघटन´को पक्षमा बोल्ने साहस भने आज राख्नुभएन l धन्यवाद !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2023

यसैगरी शर्माले सत्तारूढ पार्टीको मुख्य नेताले 'बिशेष' समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको 'चुनावी भाषण' आज संसदमा सुन्नु आफ्ना लागि नौलो अनुभव रहेको बताउनु भएको छ ।

`पिँजडा´ को `फलामे साङ्लो´ कसिलो बनाउन जारी प्रयत्नको पक्षमा `सुनको बाला´ को कथाको आरोप भने कमजोर तर्क लाग्यो !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 5, 2023

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?