काठमाडौं । दक्षिण अमेरिकी मुलुक निकारागुआकी सेनिस पलासियोसले मिस युनिभर्सको उपाधि चुम्नु भएको छ । २३ वर्षीया पलासियोसले मिस युनिभर्सको ७२औं संस्करण आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । पलासियो पेसाले टेलिभिजन होस्टसमेत हुनुहुन्छ । उहाँले आमसञ्चारमा स्नातक उत्तीर्ण गर्नुभएको हो ।
निकारागुआका लागि मिस युनिभर्स टाइटल हात परेको यो पहिलो हो । प्रतियोगितामा थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फष्ट रनर-अप र अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित हुनुभयो । एल-साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीहरूको प्रतिस्पर्धा थियो । प्रतियोगितामा नेपाली सहभागी दीपिका गारेट अन्तिम २० सम्म पुग्न सफल हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच