काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरूले मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोग कार्यक्रम आयोजना गरेका छन् । भाटभटेनी शाखाले खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतित गर्न विवश अनाथ, अपांगता, अशक्त, असहाय र मनोरोगीलाई सेवा गर्ने परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधि, दैनिक खानाका लागि अत्यावश्यक सामग्री साथै विविध सरसफाइका सामग्री हस्तान्तरण गरेको छ ।
त्यसैगरी राजापुर शाखाले राजापुर नगरपालिका–४ स्थित अमर शहीद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । उक्त क्याम्पसमा हाल आठ सय विद्यार्थी अध्ययनरत रहेका र बर्सेनि विद्यार्थी संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानी फिल्टर प्रदान गरिएको जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच