अन्तर्राष्ट्रिय क्रिकेटबाट एरोन फिन्चको संन्यास

हिमालय टाइम्स
Read Time = 1 min

मेलबर्न । एरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् ।

उनले कीर्तिमान ७६ खेलमा अस्ट्रेलियाका लागि टि-२० क्रिकेटमा कप्तानीको भूमिका निभाएका थिए ।

उनकै नेतृत्वमा अस्ट्रेलियाले पहिलो पल्ट सन् २०२१ मा ट्वान्टी ट्वान्टी विश्वकप जितेको थियो । गत वर्ष अस्ट्रेलियामै भएको यसै विश्वकपमा पनि अस्ट्रेलियाले उनको नेतृत्वमा खेलेको थियो तर उपाधि भने रक्षा गर्न सकेन ।

माथिल्लो क्रमका ३६ वर्षीय ब्याटर फिन्चले अस्ट्रेलियाका लागि सन् २०१५ मा वान डे विश्वकप पनि जितेका थिए । उनले सबै खाले क्रिेकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?