स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छ : मुख्यसचिव बैरागी

Read Time = 5 mins

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताउनु भयो । मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताउनु भयो ।

उहाँले स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताउनु भयो । उहाँले शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूरदराजमा बस्ने नेपालीहरु उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रुपमा जानकारी नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनले आक्रान्त भइरहेको विश्वमा स्वच्छ उर्जाको महत्व छ । नेपाल जलस्रोतको धनी देश भएर पनि अझै उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनौं । स्वच्छ उर्जाले खनिज जन्य उर्जालाई प्रतिस्थापन गर्र्दै जानुपर्छ भन्ने कुरा अगाडि बढेको छ । नेपालको समृद्धि स्वच्छ उर्जा जलस्रोतको विकासबाट सम्भव छ । हाम्रो अगाडि चुनौति रहेको छ । पानीबाट विद्युत उत्पादन गरी पानीलाई धनमा परिणत गर्नुछ । पानीबाट प्राप्त भएको धन मुलुकको मुहार फेर्ने ,समृद्धि ल्याउने माध्यम बन्नुपर्छ । तर उपभोग गर्दा सोच्नुपर्ने हुन्छ । उपभोग गर्दा आवश्यकता भन्दा बढी गर्नु हुँदैन । प्रयोग गर्दा आफू पनि सचेत हुन आवश्यक छ । नेपालमा उपभोक्ताको क्षेत्रमा सरकार र बाहिरबाट केके भएका छन् । त्यो विषयमा उपभोक्ता कर्मीहरु लगायत सरकार पक्ष बसेर छलफल गर्न सरकार तयार छ । सिंहदबारमा खुला रुपमा छलफल गर्न उपभोक्ता कर्मीहरुलाई आग्रह छ । सरकारको अहिलको कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन छलफल गर्न आवश्यक छ । नीति र कानूनलाई कार्यान्वयन गर्ने संस्थाहरु प्रभावकारी छन वा छैनन् । उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय हो । त्यसमा समन्वय कसरी गर्ने भन्ने विषय खोज्नुपर्छ ।’

त्यस्तै,उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताउनु भयो । उहाँले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको लागि सबैभन्दा ठूलो निरीक्षण कर्ता भनेको नागरिक आफँै भएको बताउनु भयो ।

उहाँले उपभोक्ता अधिकारको सुधार गर्दा गुणस्तरियता पनि थप्दै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय उपभोक्ता महासंघलाई प्रतिनिधिलाई बोल्न नदिएको भन्दै कार्यक्रममा होहल्ला भएर विवाद भएको थियो । उद्घोषकले महासंघका प्रतिनिधि चन्द्र साउदलाई मन्तव्य राख्न दिएसँगै सहज ढंगले कार्यक्रम भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?