मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु

Read Time = 2 mins

दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्दा भारतका एक साप उद्धारकर्मीको मृत्यु भएको छ ।

एक स्थानियको घरमा बिशालु सर्प पसे पछि उद्धारका लागि बोलाईएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्डवाजी’ गर्दै गर्दैसापले डसेर निधन मृत्यु भएको हो ।

समाचार अनुसार सन्तोषले बिशालु सापलाई पक्रे पछि आफनो मुख नजिक ल्याएर हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने त कहिले कम्मर र घाँटीमा लपेटने जस्ता अनेक हर्कत गरिरहेका थिए । पक्राउ परेको सापलाई उद्धार गर्नुको सट्टा लामो समयसम्म अनेक हर्कत गरेर गाउँलेलाई देखाईरहेका थिए । साप बिशालु भएकाले त्यस्तो हर्कत नगर्न स्थानियले अनुरोध गर्दा पनि उनले ‘स्टन्डवाजी’ गर्न छाडेनन् । यसअघि उद्धार र पक्राउ गरिएका सापहरुलाई खेत तथा जंगलतिर छाडने गरे पनि सापलाई जंगल तिर नछाडेर कपडाले बेरेर आफनो घरतर्फ लगे ।

अन्ततस् ‘स्टन्डवाजी’ गर्दा गर्दै उक्त सापले सन्तोष कुमारलाई डसिहाल्यो । उनलाई उपचारका लागि स्थानिय अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई अन्ततस् मृत्यु भएको घोषणा गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?