काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा छलफल भएको छ ।
भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच केही दिनयता छलफल बाक्लिन थालेको छ ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीति गर्माउन थालेको छ ।
संसदको पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरु बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।
यही संशयका बीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच मंगलबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल राष्ट्रपति निर्वाचन केन्द्रित थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जसलाई एमालेले असम्भव भनिरहेको छ ।
मंगलबार भएको भेटमा पनि अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने प्रधानमन्त्रीलाई बताउनु भयो। । उहाँले आफ्नो पार्टी एमालेका उमेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त रुपमा राष्ट्रपतिका विषयमा छलफल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच