देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट, पेसी भोलि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

यसअघिको दरपीटको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको हो । सो आदेशसँग रिट दर्ता भएको छ । उक्त रिटमा पेसी भोलि बुधबारका लागि तोकिएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध रिट दर्ता गर्नुभएको हो ।

सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकीरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा कांग्रेसले पनि दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?