प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो ।

भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास सेनाले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?