डब्लुपिएलको अक्सनमा पाँच नेपाली खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलोपटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) क्रिकेटको अक्सनमा पाँच नेपाली खेलाडीले नाम दर्ता गराएको छ ।

फेब्रुअरी १३ तारिखमा हुने अक्सनमा नेपालबाट पाँच खेलाडीको नाम दर्ता भएको हो । नेपालबाट कप्तान रुविना क्षेत्री, अलराउण्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माको नाम अक्सनमा समावेश भएको छ ।

आयोजक बिसिसिआईका अनुसार डब्लुपिएलमा हरेक टोलीले बढीमा १८ खेलाडी किन्न पाउनेछन् । एक टोलीमा सात विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा कम्तीमा एक नेपालजस्ता एसोसियट खेलाडी हुनुपर्नेछ । सोही कारण नेपाली खेलाडीको सम्भावना उच्च देखिन्छ ।

प्लेइङ ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा एक एसोसियट हुनुपर्ने हुन्छ । खेलाडीहरूमाथि पाँच फ्रेन्चाइज टोलीले बोली लगाउनेछन् । प्रतियोगिता आगामी मार्च ४ देखि २६ सम्म हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?