नाजिर र कविताको अभिनयमा ‘मायामा यस्तो किन ?’

Read Time = 1 min

काठमाडौं । अभिनेता नाजिर हुसेन र कविता रायाको अभिनय रहेको म्युजिक भिडियो ‘मायामा यस्तो किन ?’ सार्वजनिक गरिएको छ । विक्रम चौहानको निर्देशन गरेको गीतको भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ ।

भिडियोमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढाव देख्न सकिन्छ । फिल्मी शैलीमा तयारी पाएको गीतको शब्द रचना तथा संगीत नरेश जोगीले तयार पार्नुभएको हो ।

गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वयंको कोरियोग्राफी छ । पिके फिल्स्को व्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?