युवा विदेश पलायन रोक्न सीपमुलक शिक्षा नीति ल्याउनु पर्छ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पुर्व कानुन मन्त्री एव प्रतिनिधि सभा सदस्य धुब्र बहादुर प्रधानले युवाको विदेश पलायनलाई रोक्न सिपमुलक शिक्षा नीति ल्याउनु पर्ने बताउनु भयो । महाकवि देवकोटा क्याम्पसको १३ औं क्याम्पस सभामा सम्बोधन गर्दै उहाँले शैक्षिक जनशक्ति नेपालबाट पलायन भइरहेको बताउँदै यसको रोकथाम गर्न सरकारको ध्यानाकर्षण हुनु पर्ने बताउनु भयो ।

शिक्षित युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्नलाई शिपमुलक शिक्षा प्रदान गर्ने नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको प्रगति र उन्नतिमा आफ्नो सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्याम्पसले अभिभावकत्व ग्रहण गरि सबै शैक्षिक संस्थाहरुको नेतृत्वदायि भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले अवको शिक्षा भनेको जिवन उपयोगी शिक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्याल, उपप्रमुख सुर्य दुवे, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य केशव भण्डारी, सुनवल ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी, संस्थापक अध्यक्ष एवं क्याम्पस संरक्षक थानप्रसाद गैरे, निवर्तमान् अध्यक्ष विष्णु प्रसाद पौडेललगायतले बोल्दै शैक्षिक जनशक्ति विदेश पलायनलाई रोक्न सबै पक्ष सचेत हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता र सल्लाहकार संयोजक वोधराज घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक हरिदत्त शर्माले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस संचालक समिति, पुर्व पदाधिकारीहरु, क्याम्पस संरक्षक, आजिवन सदस्यहरुमा सहभागिता रहेको थियो ।

आज सम्पन्न क्याम्पससभाले आगामी तिन वर्ष कार्यकालका लागि पुनः कृष्ण प्रसाद लामिछानेलाई क्याम्पस संचालन समिति अध्यक्षका रुपमा सिफारिस गरी टियुमा पठाउने निणर्य गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?