सिक्किमका नेपाली भाषीमाथि गरेको विवादास्पद टिप्पणी भारतीय अदालतले सच्यायो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी गरिएको व्याख्या सर्वोच्चले बुधबार हटाएको हो ।

सिक्किमका पुराना बासिन्दाहरुको संगठन एसोसिएसन अफ ओल्ड सेटेलस सिक्किम ९एओएसएस० ले नेपाली, भुटिया र लेप्चा समुदायहरुलाई झै आयकर छुटको मागसहित सन् २०१३ मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

सर्वोच्चले गत जनवरी १३ मा उनीहरुको पक्षमा फैसला गरेको थियो । फैसलाका क्रममा सर्वोच्चले सिक्किमका वहुसंख्यक नेपालीभाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिंगो भारतमा रहेको नेपालीभाषी समुदाय तरङ्गित बनेको थियो । सिक्किम लगायत क्षेत्रमा भने विशाल प्रदर्शन भएको थियो ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सार्वोच्चसँग माग गरेको थियो । बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शव्द हटाउने निर्णय भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?