आत्मदाहमा ज्यान गुमाएका आचार्य परिवारलाई ५० लाख बिमा भुक्तानी

हिमालय टाइम्स
Read Time = 1 min

झापा । सन नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाख बिमा भुक्तानी हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

सो कम्पनीका बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठका अनुसार कम्पनीले मृतकको घरमै पुगी मृतककी श्रीमती नानु अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका मृतक आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिन मै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?