विजय लघुवित्तको लाभांश घोषणा

Read Time = 1 min

काठमाडौं । विजय लघुवित्तले लाभांश घोषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ। कम्पनीले यस पुँजीको आधारमा लाभांश दिन लागेको हो ।

प्रस्ताव गरीएको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?